नयाँ नेतृत्वका लागि एमाले कास्कीमा आज मतदान हुँदै

नयाँ नेतृत्वका लागि एमाले कास्कीमा आज मतदान हुँदै

  • Kanchan News

  • मङ्लबार, चैत्र १३, २०८०

  • 108
    SHARES
नयाँ नेतृत्वका लागि एमाले कास्कीमा आज मतदान हुँदै

नेकपा (एमाले) कास्कीमा नयाँ नेतृत्व चयन गर्न मंगलबार मतदान हुँदैछ।

आज हुने चुनावमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूह बनाएर निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।

बिहान साढे आठ बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। दाबी, विरोधपछि दिउँसोबाट मतदान सुरू हुनेछ।

विद्युतीय मेसिनबाट मतदान गराउने गरी उपकरणहरू तयारी अवस्थामा राखिएको निर्वाचन कमिटीले जानकारी दिएको छ।

आगामी जिल्ला नेतृत्वका लागि पृथ्वीसुब्बा समूहबाट माधव बास्तोला र सचिवमा सुरेन्द्र गुरूङ उम्मेदवार बन्ने भएका छन्।

उपाध्यक्षमा शिव आचार्यले उम्मेदवारी दिँदैछन्। खुला उपसचिवतर्फ श्रीराम पोखरेल र महिला उपसचिवमा राधिका योगी शाहीलाई उठाउने तयारी रहेको एक नेताले बताए।

खगराज प्यानलबाट अध्यक्षमा निवर्तमान सचिव बैनबहादुर क्षेत्री र सचिवमा दर्शन लामा उम्मेदवार बन्दैछन्। उपाध्यक्षमा भेषराज बराललाई उठाउने तयारी गरिएको खगराजनिकट एक नेताले बताए।

खुला उपसचिवतर्फ लालबहादुर परियारलाई उठाउने तयारी गरिरहेको ती नेताको दाबी छ।

महिला उपसचिवमा सन्तु सुवेदी र शारदा बरालमध्ये एक जनालाई उठाउने तयारी गरिएको पनि उनले बताए।

पृथ्वीसुब्बा समूहबाट अध्यक्षको उम्मेदवार बनेका बास्तोला मदन भण्डारी फाउण्डेसन कास्कीका अध्यक्ष हुन्। उनी युवा संघको केन्द्रीय उपाध्यक्षसमेत बनेका थिए।

यता, क्षेत्री एमाले कास्कीका सचिव हुन् । क्षेत्री २०७४ को निर्वाचनबाट जिल्ला समन्वय समिति कास्कीका सभापति समेत बनेका थिए।

अधिवेशनबाट एमाले कास्कीमा १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछन्। अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधि छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News