सरौंखोलामा सञ्चालित वक्तृत्वकला तथा उद्घोषण तालिम सम्पन्न,विद्यार्थीले भने वडाले यस्तै विद्यार्थी लक्षित कार्यक्रम ल्याओस्

सरौंखोलामा सञ्चालित वक्तृत्वकला तथा उद्घोषण तालिम सम्पन्न,विद्यार्थीले भने वडाले यस्तै विद्यार्थी लक्षित कार्यक्रम ल्याओस्

  • Kanchan News

  • सोमवार, पुस ९, २०८०

  • 125
    SHARES
सरौंखोलामा सञ्चालित वक्तृत्वकला तथा उद्घोषण तालिम सम्पन्न,विद्यार्थीले भने वडाले यस्तै विद्यार्थी लक्षित कार्यक्रम ल्याओस्

पैयुँ गा.पा. वडा नं.६ सरौंखोलामा चार दिवसिय विद्यार्थीका लागि वक्तृत्वकला तथा उद्घोषण तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना र साभ नेपालको सहजीकरणमा आयोजित तालिमको एक कार्यक्रमका बिच सोमबार समापन गरिएको हो । विद्यार्थीमा उच्च मनोवल र निडरताका साथ उद्घोषण गर्ने र भाषण गर्ने वा वक्तृत्व गर्ने क्षमता तालिमले प्रदान गरेको छ । तालिम समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पैयुँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले तालिममा सिकेका विषय वस्तुहरुलाई आफ्नो जिवनमा भरपुर मात्रामा उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले तालिम बाट प्राप्त प्रमाणपत्र अभिलेखीकरणको लागि मात्र नभएर जिवनमा व्यवहारमा उतार्नको लागि पनि भएको बताउनुभयो । उहाँले विधार्थीहरुमा आत्मविश्वासका साथ बोल्ने बानीको कमी भईरहेको वर्तमान परिवेषमा यो तालिमले विधार्थीहरुलाई निडरताका साथ बोल्ने र कार्यक्रम सञ्चालन गर्ने कुरामा ठुलो टेवा पुगेको बताउनुभयो ।

वडाध्यक्ष गंगाधर अधिकारीले तालिममा सिकेका कुराहरुलाई विधार्थीले व्यवहारमा उतार्दै सफल उद्घोषक र असल नेतृत्वको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । तालिमको समापनमा आफुले सिकेको कुराहरु बोल्ने क्रममा विद्यार्थीले प्रकट गरेको त्यो खुसी र उनीहरुमा देखिएको त्यो दक्षताले आफुहरुलाई साच्चिकै तालिम उपलब्धिमुलक बनेको महसुस भएको उहाँको भनाइ थियो । प्रशिक्षक माधव पराजुलीले  चार दिनमा विद्यार्थीहरुलाई वक्तृत्वकला र उद्घोषण गर्ने शैलि र तरिकाहरु सिकाए सँगै उनीहरु निडरताका साथ बोल्ने भएको बताउनुभयो । उहाँले सरौँखोला वडाले दक्ष वक्ता र उद्घोषक उत्पादन गरेको महसुस भएको बताउनुभयो ।

प्रशिक्षार्थी सुदिस तिवारीले वडा कार्यालयले आफुहरुलाई तालिम प्रप्त गर्ने अवसर दिएकोमा खुसी प्रकट गर्दै आगामी दिनमा पनि वडाले यस्तै किसिमा विधार्थी लक्षित कार्यक्रम ल्याउन माग गरे ।

पौष ६ गते देखि ९ गते सम्म  सञ्चालन भएको तालिमको प्रशिक्षक डा.तुलसीराम खनाल समेत हुनुहुन्थयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News