सरौंखोलामा चार दिवसिय वक्तृत्वकला तथा उद्घोषण तालिम शुरु

सरौंखोलामा चार दिवसिय वक्तृत्वकला तथा उद्घोषण तालिम शुरु

  • Kanchan News

  • शुक्रबार, पुस ६, २०८०

  • 65
    SHARES
सरौंखोलामा चार दिवसिय वक्तृत्वकला तथा उद्घोषण तालिम शुरु

पैयुँ गा.पा.  वडा नं. ६ सरौँखोलामा चार दिवसिय वक्तृत्वकला तथा उद्घोषण तालिम शुरुभएको छ । साभ नेपालको प्राविधिक सहयोगमा वडा कार्यालयले आयोजना गरेको वक्तृत्वकला तथा उद्घोषण तालिमको उद्घाटन वडा अध्यक्ष गंगाधर अधिकारीले शुक्रवार गर्नुभयो । उद्घाटन गर्दै अध्यक्ष अधिकारीले  तालिममा सिकेको कुराहरुलाई व्यवहारमा उतार्न विधार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले तालिम प्रमाणपत्रको लागि मात्र नभएर आफ्नो जिवनउपयोगी गराउनुपर्नेमा जोड दिनुभयो । तालिमबाटप्राप्त ज्ञानलाई बिद्यालय तथा समाजमा फैलाउन र व्यवहारीक प्रयोगमा ल्याउन उच्चतम अभ्यास गर्नुपर्नेमा जोडदिनुभयो ।
प्रष्ट बोल्ने कलाको बिकासले मानिसलाई निडर र आत्मबिश्वासि बनाउने हुदाँ यस्ता तालिमहरुको आयोजना महत्वपुर्ण रहेको समेत बताउनुभयो

चार दिन सम्म सञ्चालन हुने तालिमको प्रशिक्षक साभ नेपालका प्रमुख डा.तुलसीराम खनाल र आगत मिडियाका प्रमुख तथा रेडियो नेपालका रिपोर्टर माधव पराजुली हुनुहुन्छ । तालिममा विभिन्न विधालयका करिब ४० जना विधार्थी सहभागी छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News