जनशक्ति नहुदाँ फलेको धान र कोदो भित्राउन सास्ती

जनशक्ति नहुदाँ फलेको धान र कोदो भित्राउन सास्ती

  • Kanchan News

  • मङ्लबार, मंसिर ५, २०८०

  • 61
    SHARES
जनशक्ति नहुदाँ फलेको धान र कोदो भित्राउन सास्ती

यो सिजन खेतमा झुलेको धान र बारीमा झुलेको कोदो थन्क्याउने हो । खेतबारीमा फलेको धान र कोदो भित्राउन किसानलाई चटारो छ तर यहाँका किसानहरुलाई बाली भित्राउने जनशक्ति नहुदाँ समस्या भइरहेको छ । गाउँघरमा पहिले पहिले जस्तो अर्मपर्म गरेर बाली थन्क्याउने जनशक्ति नहुदाँ किसानलाई समस्या भएको हो । कास्कीको मादीका कृषक प्रकाश लामिछानेले गुनासो गर्दै भन्नुभयो, कामदारको अभाव हुदाँ बाली थन्क्याउन समस्या भएको छ । फलेको धान र कोदो भित्राउन जनशक्तिको अभाव हुदाँ हामिले सास्ती खेप्नुपरेको छ ।
उहाँलाई जस्तै यहाँका अधिकांस किसानलाई हिजो आज पिरोलेको समस्या खेतारा नपाईनुनै हो । विभिन्न प्रविधिको विकास भएता पनि ग्रामिण भेगका किसानलाई भने जनशक्ति नहुदाँ बाली थन्क्याउन भने धौ धौ भएको छ । अधिकासं मानिसहरु थातथलो छोडी शहर त कोही विदेश जान थालेपछि हिजोआज बाली लगाउन र स्याहार्न किसानलाई समस्या भएको बताउनुहुन्छ मादी गा.पा.वडा नं. ४ का कृषक वासना लामिछाने ।
एक दशक याता ग्रामिण भेग बाट पेशाव्यवसायको लागि शहर र विदेश जानेको सङ्ख्या बढ्दै गएपछि खेतबारीमा काम गर्ने मानिसहरु पाइन मुस्किलपर्ने गरेको छ । केहीँ समय पहिले निकै चहलपहल हुने गाउँ हिजो आज सुनसान छ । धान र कोदो भित्र्याउने यो समयमा कामदारको अभाव भएपछि समयमै बाली स्याहार्न नपाएको किसानको गुनासो छ ।

यहाँका मानिसहरु रोजगारीको लागि विभिन्न मुलुकहहरुमा जान थालेपछि खेती गर्न समस्या भएको छ । जसका कारण गाउँमा भएका खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन् भने उत्पादन पनि घट्दै गएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News