पोखरामा २ लाख बढीको पटका बरामद

पोखरामा २ लाख बढीको पटका बरामद

  • Kanchan News

  • आइतवार, कार्तिक २६, २०८०

  • 55
    SHARES
पोखरामा २ लाख बढीको पटका बरामद

पोखरामा तिहारको पर्बको बेला पडकाइने रु २ लाख बढीको पटका कास्की प्रहरीले बरामद गरेर नष्ट गरेको छ । शनिवार जिल्ला प्रहरी कार्यलय कास्कीमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
चाडपर्व लक्षित सुरक्षा योजना अनुसार पटका लगायत जुवतास, खोरखोरे सञ्चालन गर्नेलाई नियन्त्रण लिइएको सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले बताए । उनका अनुसार जफत गरिएका समानहरुमा प्याङ्गुइन कोब्रा खुर्सानी बम ७२ वटा, रकेट बम २० वटा, खुर्सानी बम ४७ वटा, चकलेट बम २४ वटा, आलु बम २५ वटा, बुलेट बम ३ प्याकेट, सोलीबम ५ वटा, रकेट बम ४ वटा, झिरझिरे पटका ८० प्याकेट, एटम बम १४ पिस, डबल बम १० पिस, गमला बम १७ पिस, चक्र बम २५ पिस, खुर्सानी बम ९८ सेट, सानो पटका ६, ठुलो पटका १२ र चकरी ५० थान, अवर १० थान र लसुन बम १५ थान रहेको छ । यस्तै प्रहरीले विभिन्न स्थानबाट ५६ सेट खोरखोरेका ३ सय ५ वटा गोटी बरामद गरेर नष्ट गरेको छ भने ,प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग गरिने मर्चा समेत बरामद गरेको सुचना अधिकारी बिकले खुलाए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News