यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

  • Kanchan News

  • शनिबार, कार्तिक २५, २०८०

  • 38
    SHARES
यमपञ्चकको पहिलो दिन आज काग तिहार

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको

कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलेजनाएको

यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए

बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ यसैलेशनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने प्रातः कालमात्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो,’उनले भने

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नैमनाउनुपर्ने समितिले जनाएको यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ

तिथिको घटबढका कारण आइतबार कुकुर तिहार लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्रगौतमले बताए

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि

कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिकाअध्यक्ष अधिकारीले बताए

आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ यसलाई नरक स्नान भनिन्छ यस दिन बिहान विधिपूर्वक स्नानगरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता

गाईपूजा कात्तिक २७ गते सोमबार परेको गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा आत्म (म्ह) पूजा कात्तिक २८ गतेमङ्गलबार परेको

कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको प्रतिपदाका दिन सूर्योदयभएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ

भाइटीका कात्तिक २९ गते १०:५१ बजे उत्तम

कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको यस दिन बिहान १०:५१ बजे भाइटीकाको उत्तम साइत रहेकोसमितिका अध्यक्ष अधिकारीले बताए


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News