गण्डकी प्रदेश सभामा हुने विषयगत समितिको सभापति चयन

गण्डकी प्रदेश सभामा हुने विषयगत समितिको सभापति चयन

  • Kanchan News

  • शनिबार, अशोज २०, २०८०

  • 66
    SHARES
गण्डकी प्रदेश सभामा हुने विषयगत समितिको सभापति चयन

पोखरा
गण्डकी प्रदेशसभामा कायम रहने ४ वटै विषयगत समितिको सभापति चयन गरिएको छ । शनिवार भएको विषयत समितिका सभापतिको निर्वाचनमा सवै समितिका सभापति सर्वसम्मत चयन भएका हुन् । समितिको सभापतिमा काँग्रेस, एमाले र माओवादी दलहरु बिच सहमति भएपछि विषयगत समितिको सभापति टुंगो लागेको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फ बाट सार्वजानिक लेखा समितिको सभापतिमा स्याङजाका सांसद सुधिर कुमार पौडेल, नेपाली काँग्रेसको तर्फ बाट प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा बागलुङका सांसद चम्फादेवी खड्का र अर्थ तथा विकास समितिको सभापतिमा भोजराज अर्याल रहनुभएको छ । त्यस्तै माओवादीको तर्फ बाट सामाजिक विकास तथा कृषी समितिको सभापतिमा गोरखाका फणिन्द्र देवकोटा सभापति हुनुभएको छ । समितिका सभापतिहरुको आईतवार विहान सपथ हुने कार्यक्रम छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News