पोखरा सत्रको घारीकुलो टोलमा सरसफाइ अभियान शुभारम्भ

पोखरा सत्रको घारीकुलो टोलमा सरसफाइ अभियान शुभारम्भ

  • Kanchan News

  • शनिबार, अशोज २०, २०८०

  • 761
    SHARES
पोखरा सत्रको घारीकुलो टोलमा सरसफाइ अभियान शुभारम्भ

पोखरा ,असोज २०
पोखरा महानगर पालिका वडा न १७ स्थित घारीकुलो टोल बिकास संस्थाले बाताबरण सचेतना सहित सरसफाइ अभियान शुभारम्भ गरेको छ।
अभियानको टोल बिकास संस्थाका अध्यक्ष गोबिन्द गिरिले शुभारम्भ गरेका हुन।
बाताबरणिय र पर्याबरणिय सुन्दरता कायम राख्दै टोललाइ सफा सुन्दर र आकर्षक राख्ने उद्देश्यले अभियान शुभारम्भ गरिएको भन्दै गिरिले सबै टोल बासिलाइ अभियानमा साथ दिन आग्रह गरे।
स्वस्थ ,सफा र सुन्दर पोखरा बनाउन नागरिकहरू स्वयं सचेत र सक्रिय बन्दै वडा तह सहित प्रदेश र संघ सरकारका अभियानमा समेत हातेमालो गर्दै अगाडी बढे मात्रै सफलता प्राप्त हुने उनको भनाइ थियो।
टोल बिकास समिति सचिब दिपक लामिछानेले आकर्षक टोल निर्माणका लागि टोलमा स्ट्रीट नम्बर कायम गरिएको र सफाइ अभियान नियमितरूपमा तालिका बनाएर संचालन गर्ने जानकारी दिए।
सर सफाइ अभियान शुभारम्भ कार्यक्रममा टोल स्थित आमा समुह ,बुद्धिजीवी ,समाजसेवी एबम सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता रहेको स्थानिय बासी रामजी प्रसाद लम्सालले जानकारी दिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News