हामीलाई गरि खान देऊः पश्चिमाञ्चल क्याटरिङ व्यवसायी संघ

हामीलाई गरि खान देऊः पश्चिमाञ्चल क्याटरिङ व्यवसायी संघ

  • माधव पराजुली

  • आइतवार, भदौ २४, २०८०

  • 359
    SHARES
हामीलाई गरि खान देऊः पश्चिमाञ्चल क्याटरिङ व्यवसायी संघ

पोखरा
क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायीहरुले सरकारले व्यवसाय गर्ने वातावरण नबनाईदिदा आफुहरु पलायन भएर जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन् । क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायीहरु लाई सरकारी निकाय बाटै विभिन्न बाहनामा अवरोध सिर्जना भएको गुनासो गरेका छन् । उनीहरुले करोडौँको लगानी डुबाएर व्यवसाय बाट विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
पश्चिमाञ्चल क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघका अध्यक्ष भगवान बरालले क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायीहरुले निर्वाध रुपमा व्यवसाय गर्न सरकारी निकाय बाटै अवरोध खडा हुनु दुःखद भएको बताउनुभयो । तीजमा हुने भड्किला कार्यक्रम रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले सुचना जारी गर्दै मेला,महोत्सव, पार्टी जस्ता क्रियाकलाप नगर्नु नगराउनु भनेको छ । जसका कारण क्याटरिङ तथा पार्टी प्यालेस सुनसान छन् । पार्टी प्यालेस तथा होटल र रेस्टुराँमा हुने तिजको तडकभडकलाई रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय बाट सुचना जारी भएपछि क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायीहरु चिन्तित बनेका छन् ।
“राज्य स्तर बाटै हामीलाई व्यवसाय गरेर खान नदिनु दुःखद हो पोखराको बिरौटामा रहेको बराल पार्टी पयालेस तथा क्याटरिङ सर्भिसका सञ्चालक समेत रहेका बरालले भन्नुभयो” जिल्ला प्रशासनले निकालेको यस्तो प्रकारको सुचनाको म घोर भत्र्सना गर्दछु । “राज्यले तडकभडक भनेर तिज पर्व मनाउछौँ,रमाईलो गर्छौँ भन्ने महिला र तिज पर्वको महत्वमाथि उल्टै प्रहार गरेको छ, अध्यक्ष बरालले भन्नुभयो,‘दुई तिन सय रुपैयाँ उठाएर जेरी पुरी खाएर रमाईलो गर्छौ भन्ने महिलाहरुको कार्यक्रमलाई भड्किलो भनेर राज्यले अवरोध गर्नु अधिकार माथिको हनन् हो”। दुई तिन सयम रुपैयाँ उठाएर जेरी पुरी खाएर तिज पर्वमा पार्टी प्यालेसमा रमाईलो गर्न महिलाहरुलाई दिनुपर्ने उहाँको माग छ ।
“एउटा पार्टी प्यालेस खोल्न ५/७ करोडसम्म लगानी गर्नुपर्छ, बरालले भन्नुभयो,हामीले गरेको यो व्यवसाय बाट धेरै मानिसहरुलाई रोजगारी पनि दिएका छौँ,सरकार लाई कर पनि तिरेका छौँ, तर कर तिरेर वैद्यानिक रुपमा व्यवसाय गर्छु भन्दा पनि सरकारले सहयोग गर्नुको साटो उल्टै दपेट्ने नीति लिँदा हामीहरु अन्यायमा परेका छौँ” । अध्यक्ष बरालले राज्य तह बाट यस्ता किसिमका हर्कतहरु हुन नहुने भन्दै उक्त निणर्य माथि अबिलम्ब पुर्नविचार गरि आफुहरलाई व्यवसायी गरेर खाने वातावरण बनाइदिन माग गर्नुभयो । उहाँले ट्राफिक प्रहरीले बेला बेलामा आफुहरलाई दुःख दिने गरेको गुनासो समेत गर्नुभयो । “कतै विवाह,ब्रतबन्ध तथा सार्वजनिक समारोहमा हामीलाई बुकिङ हुन्छ, उहाँले भन्नुभयो, हामी त्यहाँ टेण्ट,टेवल,कुर्सी गाडीमा लिएर जान्छौँ अनि हामीलाई ट्राफिक प्रहरीले बाटो छेक्छ र ओभरलोड भयो भन्दै चिट काटिदिन्छ, यस्तो दुःख पनि हामीले व्योहोर्नु परेको छ” । व्यवसायीका विषयमा सरकार र सरोकारवाला निकायले गम्भिरता नदेखाउँदा सिंगो अर्थतन्त्र र बेरोजगारीको समस्या मुलुकले झेलिरहेको बताउदै उहँले देशमा व्यवसायी गरेर खाने वातावरण नभएपछि व्यवसायी पलायन हुन थालेको बताउनु भयो ।

पार्टी प्यालेसका लागि पैसा कमाउने सिजन भनेको साउन र भदौँ तिजको समय र मंसिर,माघ,वैशाख लगनको महिनामा हो । अन्य समय भने यो व्यवसाय ठप्प हुन्छ । यसपालिका पनि तीजमा पार्टी प्यालेसमा कार्यक्रम गर्न नदिए पछि भने क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायीहरुको व्यवसायमा मन्दी आएको छ । तीज आउनुभन्दा महिना दिन अगाडिबाटै विभिन्न संघ–संस्थाहरुले दर खाने तथा शुभकामना आदानप्रदान गर्न भन्दै पार्टी प्यालेस र क्याटरिङहरु बुक गरेका हुन्थे स्थानिय प्रशासनले रोक लगाए पछि अहिँले भने पार्टी प्यालेसहरु सुनसान छन् ।

पश्चिमाञ्चल क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघमा १ सय १० भन्दा बढि व्यवसायी आबद्ध छन् । नेपाल पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अनुसार देशभर यस्ता व्यवसाय गर्ने को संख्या ७ हजार भन्दा बढी छ । संस्थामा आबद्ध भने ७ सय पार्टी प्यालेस, २१ सय क्याटरिङ र ३ सय रेन्टल तथा मिष्ठान्नहरु छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News