पोखरा-जोमसोम हवाई रुटमा मौसमी क्यामेरा जडान गरिने

पोखरा-जोमसोम हवाई रुटमा मौसमी क्यामेरा जडान गरिने

  • Kanchan News

  • बुधबार, भदौ २०, २०८०

  • 53
    SHARES
पोखरा-जोमसोम हवाई रुटमा मौसमी क्यामेरा जडान गरिने

पोखरा ।
राष्ट्रिय आविष्कार केन्द्रले पोखरा जोमसोमबीचको हवाई रुटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा जडान गर्ने भएको छ । हवाई क्षेत्रलाई सुरक्षित बनाउन मौसमको जानकारी दिने क्यामेरा जडान गर्न आविष्कार केन्द्र र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको हो ।

पोखरा जोमसोम रुटमा पर्ने माहुरेडाँडा, कुटुका र लेतेमा क्यामेरा जडान गरिने छ । मौसमी क्यामेरा जडानका लागि केन्द्रको प्राविधिक सहयोग रहने र जडान गर्दा तथा जडानपछि नियमित सञ्चालनका लागि हुने खर्च प्रधिकरणले व्यहोर्ने ११ बुँदे सम्झौता भएको छ ।

पोखरा जोमसोम हवाई रुटका विभिन्न स्थानमा जडान गरिएका मौसमी क्यामेराहरु विहान सूर्योदयदेखि बेलुकी सूर्यास्तसम्म संचालन हुने छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News