पोखरा, भदौ १२
बरिष्ठ मानव अधिकारकर्मी नेता टेकनाथ बरालको निधन भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–७ निवासी स्वतन्त्र वामपन्थी नेताका रुपमा पहिचान बनाएका बरिष्ठ मानव अधिकारकर्मी नेता बरालको मंगलबार दिउँसो १ बजे पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।