गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले गरेनन् सम्पत्ति विवरण सार्वजनिक

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले गरेनन् सम्पत्ति विवरण सार्वजनिक

  • Kanchan News

  • सोमवार, भदौ ११, २०८०

  • 118
    SHARES
गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले गरेनन् सम्पत्ति विवरण सार्वजनिक

पोखरा
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले लामो समय सम्म पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सरकार गठन भएको १ सय २४ दिन पुग्दा पनि मुख्यमन्त्री पाण्डे र मन्त्रिपरिषदका अरु सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक नभएको हो ।
भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ मा सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । तर, गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार गठन भएको लामो समय बित्दा पनि सम्पत्ति सार्वजनिक भएको छैन् ।
गण्डकी प्रदेशमा मुख्यमन्त्री पाण्डेले आफुले पद तथा गोपनियताको सपथ लिदा दुई मन्त्री र वैशाख २९ गते दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरी ४ जना सहभागी गराउँदै मन्त्रिमण्डललाई पूर्णता दिनुभएको थियो । सात सदस्य मन्त्रीपरिषद् रहेको गण्डकी प्रदेशमा मन्त्रीमण्डललाई पूर्णता दिएको करिब चार महिना पुगे पनि सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ भएको छ । सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ भएको भन्दै चौतर्फी आलोचना भएको छ ।
सरकारका प्रवक्ता सरस्वती अर्यालले अफुहरुले छिट्टै सम्पत्ति विवरण सर्वजनिक गर्ने तयारी गरेको बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News