१७ घण्टापछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

१७ घण्टापछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • Kanchan News

  • मङ्लबार, भदौ ५, २०८०

  • 51
    SHARES
१७ घण्टापछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

नारायणगढ-मुग्लिन सडक खण्ड १७ घण्टपछि सञ्चालनमा आएको छ । हिजो राति ८ बजे आएको सुख्खा पहिरो पन्छाएर आज दिउँसो १ बजेबाट सडक सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय चितवनले जनाएअनुसार पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

इच्छाकामना ६ मा पर्ने टोपेखोलामा सुख्खा पहिरो खस्दा १७ घण्टासम्म बाटो अवरुद्ध भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News