सृजनाचोकमा खुल्यो पोखरा फुटवेयर बिजनेस सेन्टर,जुत्तामा भारी छुट

सृजनाचोकमा खुल्यो पोखरा फुटवेयर बिजनेस सेन्टर,जुत्तामा भारी छुट

  • Kanchan News

  • शुक्रबार, साउन ५, २०८०

  • 102
    SHARES
सृजनाचोकमा खुल्यो पोखरा फुटवेयर बिजनेस सेन्टर,जुत्तामा भारी छुट

पोखराको सृजनाचोकमा पोखरा फुटवेयर बिजनेस सेन्टर’ सञ्चालनमा आएको छ । नेपालका चर्चित १० कम्पनीका करिब २ दर्जन ब्रान्डका जुत्ता विक्री वितरणको लागि शुक्रबारदेखि पोखरामा ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ सञ्चालनमा आएको हो । उद्वघाटनको अवसरमा जुत्तामा भारी छुटको व्यवस्था गरिएको छ । १० कम्पनीको संयुक्त शोरुममा शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका हजारौं उत्पादन एकै छानामुनि खरिद गर्न सकिने सेन्टरले  जनाएको छ । उक्त्त सेन्टर करिब एक करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको फुटवेयर बिजनेस सेन्टरका उपाध्यक्ष सुरज बञ्जाडेले जानकारी दिनुभयो ।

१० कम्पनीले साझा रुपमा खोलेको साझा शोरुमको उद्घाटन गण्डकी प्रदेशका कृषि, भूमिव्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गरेका हुन् । उद्घाटन गर्दै मन्त्री जिसीले नेपालमा उद्योग विकासका लागि दक्ष जनशक्तिको अभाव रहेको सुनाए । उद्योग तथा व्यवसाय सुरु गरे पनि चर्को राजनीतिको मारमा पर्ने गरेको उनको भनाइ थियो । उनले स्वदेशी उत्पादनको प्रयोग गरी विदेशी सामान आयातमा कमी ल्याउनुपर्नेमा जोड दिनुभयो । सरकारले उधोगि हरुलाई सदैव सहयोग गर्ने प्रतिबद्द्ता जनाउनुभयो ।

नेपाल फुटवेयर एसोसियनका उपाध्यक्ष रुद्रनाथ न्यौपानेले नेपाली बजारलाई आवश्यक पर्ने शतप्रतिशत जुत्ता, चप्पल उत्पादन गर्न सक्ने गरी नेपाली उद्योग तयार भइसकेका बताए । ‘नेपालमा जडित औजार, मेसिन र पूर्वाधारका हिसाबले लगभग १२, १३ करोड जोडीभन्दा बढी जुत्ताचप्पल उत्पादन गर्न सक्ने हाम्रो क्षमता छ,’ उनले भने ।

न्यौपानेले नेपालमा वार्षिक करिब ११ करोड जोडी जुत्ताचप्पलको खपत हुने जानकारी दिए । उनले भने, ‘त्यसमध्ये ६५ प्रतिशत नेपाली जुत्ताचप्पलको उत्पादन खपत भइराखेको छ । अब त्यो ६५ लाई सय प्रतिशत पु¥याउन उत्पादनमात्रै नभएर बिक्रीवितरण च्यानललाई पनि व्यवस्थित बनाउन लागिरहेका छौं ।’

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News