
कास्की केन्द्रविन्दु भएर भुइँचालो गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेट जाँदा ४रेक्टरस्केलको भूकम्प गएको हो ।
कास्की तथा आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।
भूकम्पबाट केही क्षति भयो/भएन भन्ने बारे अहिलेसम्म केही विवरण प्राप्त भएको छैन ।