बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति सरकारले २ लाख राहत दिने

बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति सरकारले २ लाख राहत दिने

  • Kanchan News

  • मङ्लबार, असार ५, २०८०

  • 115
    SHARES
बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति सरकारले २ लाख राहत दिने

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट मृतकको परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ सरकारले दिने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बाढी पहिरोको क्षतिबारे जानकारी गराउँदै एकै परिवारको एक भन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिने बताए।

उनले पीडितका लागि तत्कालका लागि १५ देखि २० हजार सरकारले दिने बताए।

यस्तै, असार २ गतेको बाढी पहिरोका कारण १० जनाको मृत्यु र २६ जना बेपत्ता भएको सदनलाई जानकारी गराए। अहिलेसम्म ५४ घर पूर्णरुपमा क्षति भएको जानकारी आएको बताए।

असार २ गते आएको वर्षाले सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर बाढी पहिरोले ठुलो भौतिक र मानवीय क्षति भएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News