पोखरा
गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड बराबरको बजेट ल्याएको छ । शुक्रवार आर्थिक मामिलातथा योजना मन्त्री जीतप्रकाश आले मगरले आउँदो आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोडको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो। यो बजेट चालु आ.व.को भन्दा कम हो ।
कुल बजेट ३३ अर्ब ४२ करोड रुपैयाँमध्ये चालुखर्च तर्फ १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार र पुँजीगत तर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार विनियोजन गरिएको छ । यो बजेट चालुतर्फ ३८.०१ र पुँजीगत तर्फ ६०.०४ प्रतिशत हुन आउछ ।
सरकारले बजेटको स्रोतका रुपमा समानीकरण अनुदानमार्फत सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँट ९ अर्ब पाँच करोड २५लाख, रोयल्टी बाँडफाँट ४० करोड आठ लाख, ससर्त अनुदान बाट चार अर्ब ९४ करोड १५ लाख, समपुरक अनुदान ८४ करोड र विशेषअनुदान ७० करोड प्राप्त हुने आर्थिक मामिला मन्त्री आलले बताउनुभयो । उहाँका अनुसार वित्तीय व्यवस्थातर्फ ५० करोड छुट्याइएको छ। प्रदेश सरकारले स्वास्थय र कृषि लाई जोड दिएर बजेट ल्याएको छ ।
बजेट (पूर्णपाठ)