३३ अर्बको बजेट ल्याउने गण्डकी प्रदेश सरकारको तयारी

३३ अर्बको बजेट ल्याउने गण्डकी प्रदेश सरकारको तयारी

  • Kanchan News

  • बिहिबार, जेष्ठ ३२, २०८०

  • 257
    SHARES
३३ अर्बको बजेट ल्याउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी प्रदेश सरकारले शुक्रबार आर्थिक बर्ष २०८०/०८१ को बजेट ल्याउने भएको छ । चालु आर्थिक वर्षको भन्दा आउँदो आर्थिक बर्ष २०८०/०८१ को बजेट कम ल्याउने तयारी भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले गण्डकी सरकारले असार १ गते शुक्रबार दिउँसो ३ः०० बजे बजेट ल्याउने भएको मन्त्रालयले जनाएको छ । कोभिड १९ को कारण अर्थतन्त्रमा परेको प्रभाव अपेक्षाकृत ढंगले राजश्व सङ्कलनमा कमी आएकोले गर्दा यस वर्ष चालु आर्थिक बर्ष भन्दा केही कम बजेट आउने भएको आर्थिक मामिला मन्त्रालयका सचिव बिष्णु प्रसाद शर्माले बताउनुभयो । बजेटको अन्तिम तयारीमा भएको उहाँले बताउनु भयो । आर्थिक वर्ष २०८०/०८१ को बजेट करिब ३३ अर्ब ल्याउने तयारी भएको श्रोतको भनाई छ ।

आन्तरिक स्रोत र संघ सरकारले दिने अनुदान खुम्चिएपछि गण्डकी प्रदेश सरकारको आगामी आवको बजेट सानो हुने निश्चित भएको हो । संघ सरकारले आगामी आवका लागि ३३ अर्ब ८५ करोडको सीमा तोकिदिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष ३५ अर्ब ९० करोड ९० लाखको  बजेट ल्याएको थियो । आउँदो वर्षको बजेटले कृषि, स्वास्थ्य लगायतका विषयमा जोड दिँदै जेठ २१ गते गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरेका थिए । केही दीन सदनमा छलफल पश्चात्  नीति तथा कार्यक्रम पास भएको थियो ।

रेडियो नेपाल बाट


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News