ताराखोलाको आलुको माग बढ्दो

ताराखोलाको आलुको माग बढ्दो

  • Kanchan News

  • सोमवार, जेष्ठ २९, २०८०

  • 89
    SHARES
ताराखोलाको आलुको माग बढ्दो

जगिन्द्र वि क

ताराखोको आलुको  अहिले गण्डकी प्रदेशमा   माग बढेको  छ ।

किसानको मुख्य आम्दानीको श्रोतका  रुपमा  रहेको आलुको माग  बढेसँगै  आलु खेती प्रति पनि अझै आकर्षण बढेको  स्थानीय  मिथुन घर्तीले बताउनु  भयो।

ताराखोला गाउँपालिकाबाट गत वर्ष  मात्र   ७ लाख १२ हजार ५ सय ६८ के जि आलु उत्पादन भएको कृषि शाखा प्राविधिक सञ्जीव थापाले जानकारी दिनु भयो  ।

आलुको लागि बजार सजिलै पाइने भएकोले किसानले  हरेक वर्ष आलु उत्पादन बढाउने प्रयास गरेको ताराखोला–वडा नं. ५ को अध्यक्ष  मन बहादुर रोका मगरको  भनाई  छ  ।

रोकाले  गत वर्ष १  एक  सय मुरी आलु उत्पादन गरेको र  यो वर्ष भने १ सय २० मुरी भन्दा धेरै उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभयो ।

आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउनेसम्म पनि तराखोलाको आलु प्रख्यात मानिन्छ । त्यस्तै आलुबाट  चिप्स बनाउने उद्योग  पनि केही वर्ष अघि  सञ्चालनमा  ल्याइएको थियो।

उक्त उद्योगलाई अझै व्यवस्थित गरेर  लैजान पालिककाले  कार्यक्रम बनाइरहेको ताराखोला  गाउँपालिकाका अध्यक्ष  धन बहादुर बिकले  बताउनुभयो ।

त्यस्तै बागलुङको ढोरपाटनमा नगर पालिकाको ढोर क्षेत्र ,काठेखोला गाउँपालिकाको धम्जा, बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनी नगरपालिकाको दमेक र बरेङ गाउँपालिकाको सुखौरा भित्रिबन  पनि  आलुको लागि प्रख्यात ठाउँ हुन्  ।

ताराखोलाको आलु  १ केजीको ४० रुपैंया  र एक  पाथीको  २ सय रुपैयाँमा बिक्री हुँदै आएको  स्थानीय कृषक  शर्मिला रोका मगरले बताउनु भयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News