
पोखरा
गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम माथि नेकपा एमालेले केन्द्रिय सरकारको कपि गरिएको र निसपराण भएको टिप्पणी गरेको छ । आईतबार गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम पछि प्रदेश सभा परिसरमा पत्रकारहरु सँग संक्षिप्त प्रतिक्रिया दिदै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदिय दलका नेता खगराज अधिकारीले सरकारको नीति तथा कार्यक्रम संघिय सरकारले ल्याएको निति तथा कार्यक्रम कपि गरेको र निसपराण रहेको टिप्पणी गर्नुभयो ।
“प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रमले कुनै गति दिन सक्दैन उहाँले भन्नुभयो” यसले रोजगारी सिर्जना पनि गर्दैन,उत्पादन वृद्धि पनि गर्दैन,राजस्व वृद्धि गर्ने क्षमता पनि पनि राख्दैन, यो एक निसपराण जस्तो देखियो । गफमा राष्ट्रिय गौरवको आयोजनाको कुरा गर्ने तर कार्यान्वयन कसरी गर्ने भन्ने केही स्रोत नखुलाइएको बताउदै अधिकारीले पर्यटन पदमार्गका योजनाहरु बारे निति तथा कार्यक्रम मौन रहेको पनि बताउनुभयो । उहाँले सरकारलाई आफुहरुले निति तथा कार्यक्रमको बारेमा सुझाव दिएको तर प्रतिपक्षको सुझाव मानेको हुने डरले सरकारले आफ्ना सुझावहरुलाई उल्लेख नगरेको पनि टिप्पणी गर्नुभयो ।