क्रिकेटर सन्दीप लामिछाने आफू टोलीसँग दक्षिण अफ्रिका भ्रमणमा नजाने

क्रिकेटर सन्दीप लामिछाने आफू टोलीसँग दक्षिण अफ्रिका भ्रमणमा नजाने

  • Kanchan News

  • शनिबार, जेष्ठ २०, २०८०

  • 65
    SHARES
क्रिकेटर सन्दीप लामिछाने आफू टोलीसँग दक्षिण अफ्रिका भ्रमणमा नजाने

क्रिकेटर सन्दीप लामिछाने आफू टोलीसँग दक्षिण अफ्रिका भ्रमणमा नजाने भएपछि टोलीलाई सुखद यात्राका लागि शुभकामना दिएका छन्।

मंगलबार पनि जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दाको अन्तिम सुनुवाइ नआएपछि सन्दीप दक्षिण अफ्रिका नजाने भएका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत दक्षिण अफ्रिका जाने टोलीलाई शुभकामना दिएका हुन्। उनले लेखेका छन् ‘मलाई तपाईंहरू र तपाईंको क्षमताहरूमा पूर्ण विश्वास छ। तपाईहरु सबैले क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वसामु आफ्नो क्षमता देखाउनुभएको छ। फेरी तपाईहरु सामु आफ्नो क्षमताप्रति विश्वास गर्ने समय आएको छ। तपाईहरु जहाँ जानु भए पनि आफ्नो उत्कृष्ट दिनुहोला। सफल टोली र सुरक्षित यात्राको शुभकामना।

नेपाली टोली अन्तिम तयारीको लागि मंगलबार बेलुकी दक्षिण अफ्रिका जानेछ। सो क्रममा नेपालले नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान र युएईसँग मैत्रीपूर्ण खेल खेल्नेछ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News