काँग्रेस विधि र नियममा चल्न सकेनः प्रकाशमान सिंह

काँग्रेस विधि र नियममा चल्न सकेनः प्रकाशमान सिंह

  • Kanchan News

  • शनिबार, जेष्ठ २०, २०८०

  • 102
    SHARES
काँग्रेस विधि र नियममा चल्न सकेनः प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताएका छन।

आज नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन।

उनले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै विधिसम्मत रुपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको बताए। नेता सिंहले अबको समयमा पार्टीलाई विधिसम्मत रुपमा अघि बढाउने हो भने काँग्रेसले कुनैपनि पार्टीको चुनौतिलाई सहनु नपर्ने धारणा राखे।

उनले काँग्रेस पार्टी राम्रो विचारधारा भएको अन्य कुनै पार्टी नरहेको जिकिर गरे। नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरुबीच समन्वय हुन आवश्यक देखिएको धारणा राखे।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News