आर्थिक वर्षको बजेटमाथि आइतबारबाट छलफल प्रारम्भ हुने

आर्थिक वर्षको बजेटमाथि आइतबारबाट छलफल प्रारम्भ हुने

  • Kanchan News

  • शनिबार, जेष्ठ २०, २०८०

  • 44
    SHARES
आर्थिक वर्षको बजेटमाथि आइतबारबाट छलफल प्रारम्भ हुने

सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आइतबारबाट छलफल प्रारम्भ हुने भएको छ। तीन दिनसम्म हुने गरी तय गरिएको छलफलमा प्रमुख प्रतिपक्षी दल एमालेले र सत्तारूढ दलकै सांसदले बजेटका कतिपय प्रावधानमा विरोधी धारणा राख्ने तयारी गरेका छन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) गत जेठ १५ गते पेस गरेका थिए। बजेटमाथि सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि अर्थमन्त्री डा. महतले जवाफ दिनेछन्।

सरकारले आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड विनियोजन गरेको छ। जसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड र पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएको छ। फराकिलो आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य बजेटको छ। समृद्धि र सुशासन कायम गर्न, डिजिटल र हरित अर्थतन्त्र निर्माणमा पनि बजेट केन्द्रित छ। स्रोतको उच्चतम प्रयोग गर्ने, निजी क्षेत्रका सुझाव र जनअपेक्षा सम्बोधन गर्ने, आशाको सञ्चार गर्ने गरी बजेट आएको सरकारको दाबी छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News