पोखराको रत्नमन्दिर आजदेखि सबैका लागि खुला

पोखराको रत्नमन्दिर आजदेखि सबैका लागि खुला

  • Kanchan News

  • सोमवार, जेष्ठ १५, २०८०

  • 278
    SHARES
पोखराको रत्नमन्दिर आजदेखि सबैका लागि खुला

पुजा देवी शर्मा

पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्नमन्दिर आजदेखि सबैका लागि खुला गरिएको छ ।

सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गणतन्त्र दिवसको दिन फेवाताल निकारमा रहेको रत्नमन्दिर खुला गरेका हुन् ।

रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी रानी रत्नको नामबाट दरबार निर्माण गरेका थिए । वि.सं २०१३ मा यो दरबारको निर्माण सुरु गरिएको थियो । सो दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो ।

गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राजपरिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर हाल ट्रष्टको स्वामित्वमा छ ।

गणतन्त्र स्थापना भएको १५ वर्षपछि खुला भएको रत्न मन्दिरमा अवलोकनका लागि टिकटको व्यवस्था गरिने नेपाल ट्रष्ट सदस्य योङजोम शेर्पाले जानकारी दिइन् ।

आज पहिलो दिन भने निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको छ । मुख्य राजदरबारमा फोटो खिच्न बन्देज लगाइएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News