नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति

  • Kanchan News

  • आइतवार, जेष्ठ १४, २०८०

  • 34
    SHARES
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

राष्ट्रपति कार्यालयमा थन्किएको सो विधेयक राष्ट्रपतिलाई प्रमाणिकरणका लागि सिफारिस गरिएको भन्ने प्रधानमन्त्री दाहालको अभिव्यक्ति संविधान, कानुन र लोकतन्त्रको पनि भावना विपरित रहेकाले त्यसप्रति आफूहरुको आपत्ति रहेको उउनले बताए ।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा सांसद पन्तले सो विधेयक तत्काल संसदमा ल्याएर पारित गराउनुपर्ने उल्लेख गर्दै त्यसका लागि आफ्नो पार्टी तयार रहेको समेत बताए । सांसद पन्तले संविधान विपरित हुने भएकाले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि सो विधेयक संसदमा नआई प्रमाणीकरण नगर्न आग्रह गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले हिजो बोलेका कुरा अत्यन्त आपत्तिजनक छन । एउटा कुरा उहाँले नागरिकता विधेयकको बारेमा कुरा गर्नु भयो । नेपाली जनताले नागरिकता अत्यन्त छिटो नागरिकता पाउनु पर्छ । र, कतिपय नागरिकता विभिन्न कारणले नपाएर बसेका जुन मानिसहरु छन । उनीहरुलाई समस्या पनि छ । र, त्यो नागरिकता सम्बन्धि कानुन छिटो भन्दा छिटो पारित होस भन्ने हाम्रो पनि चाहना छ । त्यो विधेयक छिटो पारित होस भन्ने हाम्रो पनि इच्छा छ ।

तर कुनै पनि कुरालाई छिटो गर्ने नाममा असंवैधानिक काम गर्नु हुँदैन । सांसद पन्तले गिटी, ढुंगा र बालुवा भारतमा निकासी गर्ने प्रधानमन्त्री दाहालको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । सांसद पन्तले गिटी, ढुंगा र बालुवा भारतमा निकासी गर्ने प्रधानमन्त्री दाहालको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News