वडा अध्यक्ष केसीले सार्वजानिक गरे एक बर्षिय उपलव्धी

वडा अध्यक्ष केसीले सार्वजानिक गरे एक बर्षिय उपलव्धी

  • Kanchan News

  • आइतवार, जेष्ठ १४, २०८०

  • 132
    SHARES
वडा अध्यक्ष केसीले सार्वजानिक गरे एक बर्षिय उपलव्धी

पर्वतको कुश्मा नगरपालिका वडा नम्वर ८ चुवाका वडा अध्यक्ष सुरेन्द्र केसीले पदभार ग्रहण गरेको एक बर्ष भएको छ । एक बर्षपुरा भएको उपलक्ष्यमा वडा अध्यक्ष केसी दोस्रो कार्यकालयका लागि निर्वाचित भएको मितिदेखि हालसम्म गरेका गतिविधि सार्वजानिक गरेका छन् ।

उनले आफू नेतृत्वको उपलव्धी सार्वजनिक गर्दै केसीले यस अवधिमा नेपालको संविधानको पूर्णपालना गर्दै वडाको हित, विकास र सुशासनको प्रत्याभूति, न्यायपूर्ण, विभेदरहित, समतामूलक समाज निर्माण र सबल एवम् समृद्ध कुश्मा नगरपालिको निर्माणको सङ्कल्पका साथ आफुले काम गरेको र थुप्रै उपलब्धी हासिल भएको बताए ।

वडा अध्यक्ष सुरेन्द्र केसीले जनता सँग गरेका बाँचा र निर्वाचनको समयमा बोलेका आश्वासन पुरा गर्ने चरण आफुहरु लागि परेको बताए । उनले वडा तहका नियमित काम बाहेक विकास निर्माण, कृषि, सिँचाई, खानेपानी, शिक्षा,स्वास्थ्य तथा आर्थिक उपार्जनका २७ योजनाहरुको शुरुवात भएको जानकारी दिए । उनले विकास निर्माणका काम सँगै कृषि तथा पशुपालनलाई प्राथामीकतामा राखेर काम गरेको दावी गरे ।

यो अवधिमा चुवा रिङ रोड, प्रशिद्ध बिष्णुवाटिका निर्माण, मंगलोदय मावि मरासिँङ सडक निर्माण, सुईते वगर सिचाई , सावीकका सबै वडामा एकघर एक धारा खानेपानी योजना शुरुवात, आहाल डाँडा कटुसे पदमार्ग निर्माण, सडक बत्ती, घर गोठ तथा विद्यूत पोल देखी २० मिटर रुख व्यवस्थापन ,रुद्रेश्वर मन्दीर निर्माण, तमादी खोला सिँचाई, जेष्ठ नागरीक मिलन चौतारी निर्माण लगायतका योजना कार्यन्वयको चरणमा रहेका जनाए । वडाका काम तिव्र गतिमा भैरहेको बताउँदै केही सम्पन्न भईसकेको केही निर्माणाधिन अवस्थामा रहेको उनको भनाई छ ।

कार्यक्रमा ४ सय ८४ घरधुरी रहेको वडामा नगर पालिकाबाट उपलब्ध ३५ लाख बजेट र प्रदेश संघ मार्फत सम्पन्न योजना र कार्यन्वयनको बारेमा समेत जानकारी गराईएको थियो । कुल २० करोड बराबरका योजनाहरु कार्यन्वयको चरणमा रहेको र आगामी ४ वर्षमा सबै योजनाहरु सम्पन्न गराउने योजना सहीत आँफुहरु लागी परेको वडाका जनप्रतिनिधिहरुले बताएका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News