पोखरामा अन्तर्राष्ट्रिय गणित सम्मेलन सुरु

पोखरामा अन्तर्राष्ट्रिय गणित सम्मेलन सुरु

  • Kanchan News

  • शुक्रबार, जेष्ठ १२, २०८०

  • 39
    SHARES
पोखरामा अन्तर्राष्ट्रिय गणित सम्मेलन सुरु

पोखरामा बिहीबारबाट अन्तर्राष्ट्रिय गणित सम्मेलन सुरु भएको छ । चारदिने सम्मेलनको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।

नेपाल गणित समाज, त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभाग त्रिवि,काठमाण्डौ विश्वविद्यालय र एसोसियसन अफ नेपालिज म्याथ्मेटिसियन इन अमेरिका (आन्मा) सम्मेलनको आयोजक हुन् । सम्मेलनमा विश्वभरका २१ देशका गणितज्ञहरुबाट झण्डै १६० भन्दा बढी अनुसन्धान पत्रहरु प्रस्तुत हुने पृथ्वीनारायण क्याम्पस गणित विभागका प्रमुख डाक्टर ईश्वरमणि अधिकारीले जानकारी दिए । उनका अनुसार सम्मेलनमा चारवटा समानान्तर सत्रहरु संचालनमा आउने छन् ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री पाण्डेले गणितप्रति विद्यार्थीको रुचि घट्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने,‘गणित सबै ज्ञानको महाज्ञान हो । परापूर्व कालदेखि गणितलाई एक उच्च प्रतिष्ठित विषयका रूपमा हेरिएको छ । यसलाई विज्ञानको कला भनिन्छ । हाम्रो संस्कृति र धर्ममा गणितको ठूलो प्रयोग छ । वैदिक गणित र ज्योतिष गणितीय दर्शनका जग हुन् तर, अहिले यस्ता विषयप्रतिको चासो क्रमशः घट्दै गएको छ विश्वभर नै भनिन्छ । विद्यार्थीहरू गणित पढ्न खासै अभिप्रेरित हुन्नन् ।

यस्ता अनुसन्धान गतिविधि र अनुसन्धान प्रस्तुतिहरूद्वारा आफ्नो विषयको क्षेत्र, रुची र दायरा बढाउनु पनि गणितज्ञहरूको कर्तव्य हो भन्ने लाग्छ ।’ उनले गणितले मानिसको दैनिक जीवनमा भएका विभिन्न समस्याहरू समाधान गर्न सघाउनुपर्ने बताए । उद्घाटन कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकूलपति प्रा.डा. प्रेमनारायण अर्याल, आन्माका प्रेसिडेण्ट रामचन्द्र काफ्ले, नेपाल गणित समाजका सभापति प्राडा नारायणप्रसाद पहारी,डा.श्रीराम खड्का, प्रा. डा. गोकर्ण अर्याललगायतले मन्तव्य राखेका थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News