स्याङ्जाको अर्जुन चौपारीमा गण्डकीकै दोस्रो ठू्लो हेलिप्याड बन्ने

स्याङ्जाको अर्जुन चौपारीमा गण्डकीकै दोस्रो ठू्लो हेलिप्याड बन्ने

  • Kanchan News

  • बिहिबार, जेष्ठ ११, २०८०

  • 51
    SHARES
स्याङ्जाको अर्जुन चौपारीमा गण्डकीकै दोस्रो ठू्लो हेलिप्याड बन्ने

 

स्याङ्जाको अर्जुन चौपारीमा गाउँपालिका १ मा गण्डकीकै दोस्रो ठू्रलो हेलिप्याड बन्ने भएको छ । नेपाल सेना र अर्जुन चौपारी गाउँपालिकाको सहकार्यमा बन्ने हेलिप्याड पोखरा एयरपोर्टपछिको सवैभन्दा ठूलो हुनेछ ।

जिल्ला भित्र पर्ने जोखिमको बेला उद्धारमा टेवा पु¥याउने उदेश्यले सेनासँगको सहकार्यमा हेलिप्याण्ड निर्माण थालिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । हेलिप्याण्ड निर्माणमा प्राविधिक डिजाइन र श्रम सहयोग समरदल गुल्मको रहेको छ भने गाउँपालिकाले आवश्यक निर्माण सामग्रीको पूर्ति गरेको छ ।

नेपाली सेनाका क्याप्टेन धनबहादुर तामाङको नेतृत्वमा २० जनाको श्रमद्धान रहेको छ भने पालिकाले ढुङगा, गिटी, बालुवा सिमेन्ट लगानी गरेको छ ।

६०/६० फिट लम्बाई र चौडाइएको हेलिप्याड बन्ने र बाहिरी जिल्लामा रहेकामध्ये सबै भन्दा ठूलो रहेको ३ नम्बर बाहिनीपति गौरव केसीले बताए । आठ लाख खर्च हुने अनुमान गरिएको हेलिप्याडमा एमआई १७ अवतरण गर्न सक्नेछ ।

उनका अनुसार हेलीप्याड निर्माण सकिएसँगै सेनाको हेलिकोप्टरले परीक्षण उडान भर्नेछ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News