विहादी–३ रानीपानी वडाले गर्‍यो २२५ जनाको निशुल्क स्वास्थ्य विमा,बाकीँको आगामी आर्थीक बर्षमा गर्ने

विहादी–३ रानीपानी वडाले गर्‍यो २२५ जनाको निशुल्क स्वास्थ्य विमा,बाकीँको आगामी आर्थीक बर्षमा गर्ने

  • Kanchan News

  • सोमवार, जेष्ठ ८, २०८०

  • 469
    SHARES
विहादी–३ रानीपानी वडाले गर्‍यो २२५ जनाको निशुल्क स्वास्थ्य विमा,बाकीँको आगामी आर्थीक बर्षमा गर्ने

पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानी वडा कार्यालयले अति बिपन्न ४० घर परिवारका २ सय २५ जनाको निशुल्क स्वास्थ्य बिमा गरेको छ । वडा नं. ३ रानीपानीका सम्पूर्ण बिपन्न नागरिकहरुलाई स्वास्थ्य बिमा कार्यक्रम भित्र समावेस गर्ने उद्धेश्य अनुरुप पहिलो चरणमा ४० घर परिवारका २ सय २५ जनाको निशुल्क स्वास्थ्य बिमा गरेको हो ।

वडा नं. ३ रानीपानीको वडा अध्यक्षमा निर्वाचित भए पश्चात कार्यभार सम्हाल्दै अध्यक्ष गणेश प्रसाद पराजुलीले विपन्न परिवारको स्वास्थ्य बिमा निशुल्क गर्ने पहिलो निर्णय गर्नुभएको थियो । सोही निर्णय अनुसार आर्थीक बर्ष २०७९/०८० मा पहिलो चरणको लागि २ लाख रकम विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्नको लागि विनियोजन गरिएको थियो । आर्थीक अभावका कारण अति विपन्न समुदाय स्वास्थ्य उपचार हुन बाट बञ्चित हुन नपरोस् भनेर आफुले विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम अगाडी सारेको वडाध्यक्ष पराजुलीले बताउनुभयो । उहालेँ बाकी विपन्न परिवारलाई आगामी आर्थीक बर्ष २०८०/०८१ मा निशुल्क स्वास्थ्य बिमा गर्नको लागि पर्याप्त बजेट बिनियोजन गर्ने बताउनुभयो । बिहादी गाउँपालिकाले पनि स्वास्थ्य विमा कार्याविधि प्रमाणित गरिसकेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News