ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था

ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था

  • Kanchan News

  • मङ्लबार, बैशाख १२, २०८०

  • 130
    SHARES
ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था

ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिने भएको छ ।

हाल पाँच/पाँच वर्षमा ड्राइभिङ लाइसेन्स नविकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अलि झण्झटिलो भएकाले १०/१० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको छ ।

 

‘नविकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं’ मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने ।

पाँच वर्षमा नवीकरण गर्नुपर्ने प्रावधानलाई बदलेर १० वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गर्दा नयाँ स्मार्ट कार्ड छाप्नका लागि समेत लोड कम हुने विश्वास लिइएको उनले जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस :

सभामुखले सदनलाई गराए ढाका कुमार श्रेष्ठ सांसद नरहेको जानकारी

सभामुख देवराज घिमिरेले ढाका कुमार श्रेष्ठ सांसद नरहेको प्रतिनिधिसभा सदस्यहरुलाई जानकारी गराएका छन् ।

मंगलबार बसेको बैठकमा सभामुख घिमिरेले यस्तो जानकारी गराएका हुन् ।

एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो ।

रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराएका हुन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News