नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

  • Kanchan News

  • आइतवार, बैशाख १०, २०८०

  • 131
    SHARES
नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि आवश्यक कानुनी प्रबन्ध मिलाउन मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास बैरागीलाई कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका हुन् ।

‘नेपालमा बनेका सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएकाले नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिनुभएको हो,’ प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले भने ।

‘यात्री’ लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएका समाचार सार्वजनिक भएका थिए ।

यो पनि पढ्नुहोस :

नेवारी पहिरन हाकुपटासीको के छ विशेषता ?

‘जहाँ नेवार समुदायको बस्ती त्यहाँ हाकुपटासी’ भनिन्छ । शरीरको माथिल्लो भागमा कालो र तल्लो भागमा रातो कपडामा गरगहना मिसाएर लगाइने परम्परागत नेवारी पहिरन हो हाकुपटासी ।

यो पहिरन शैली मात्रै होइन, परम्परा, जीवनशैली र पहिचान पनि हो । हेर्दा हाकु पटासी उस्तै लाग्छ, तर यसको पनि स्थानअनुसार प्रकार फरक-फरक हुन्छ । नेवार समुदाय बाहुल्य भएको काठमाडौं उपत्यकामा समेत हाकुपटासीको डिजाइनमा एकरुपता पाइँदैन । भक्तपुरमा लगाइने हाकुपटासी र काठमाडौंमा लगाइनेमा फरक हुन्छ ।

 

भक्तपुरका महिलाले लगाउने हाकुपटासीको तलको रातो बोर्डर मझौला खालको हुन्छ र सेतो कपडामा रातो बोर्डर भएको पछ्यौरा हुन्छ । त्यस्तै चोलो धेरैजसो श्रीपछेलु कपडाको लगाइन्छ । यस्तो हाकुपटासी लगाएकी महिला भक्तपुरे रहिछन् भनेर चिनिन्छ ।

त्यस्तै भक्तपुरको थिमिका महिलाले लागाउने हाकुपटासीमा कालो कपडामा रातो बोर्डर ‘कर्ली’ भएको हुन्छ । कालो खास्टोमा हरियो बोर्डर हुन्छ । यस्तो हाकुपटासी लगाउनेलाई थिमिबासी नेवार महिला रहिछन् भनेर चिन्न सकिन्छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News