साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
नेप्से परिसूचक मंगलबार ८.१४ अंक बढेर २१७३.२४ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.५३ अंकले बढेको छ । फ्लोट इन्डेक्स ०.३४ अंक र सेन्सेटिभ इन्डेक्स ०.५० अंकले बढेको छ ।
मंगलबार कारोबारमा आएका २४८ कम्पनीको ८३ लाख कित्ता सेयर किनबेच भए । जसअनुसार तीन अर्ब ३२ लाख ३० हजार रुपैयाँबराबरको कारोबार भएको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन करिब चार करोडको सेयर कारोबार भएको थियो ।
मंगलबार १३ मध्ये ९ उपसमूहको परिसूचक बढेको छ । बाँकी ४ उपसमूहको परिसूचक घटेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक २.५१ अंक बढेको छ भने जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यता लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक घटेको छ ।
मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेसँगै सानिमा जीआईसी इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सूर्योदय लघुवित्त र शिवश्री हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले उकालिएको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य ५.४८ प्रतिशत घटेको छ । मंगलबार नेपाल टेलिकमको करिब १३ करोडको सेयर कारोबार भएको छ ।