
पोखरा
गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा एमालेकी सांसद विनाकुमारी थापा निर्वाचित हुनुभएको छ ।संविधानको धारा १८२ रप्रदेशसभा नियमावली ९ अनुसार थापा गण्डकी प्रदेश सभाको उपसभामुख पदमा ३२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । सोमबारबसेको गण्डकी प्रदेश सभा बैठकमा उपसभामुखका लागि भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत प्राप्त भएको छ भने
विपक्षमा २६ मत प्राप्त भएको छ । बाग्लुङकि थापा समानुपातिक प्रणाली बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो।
प्रदेशसभाको बैठकमा थापालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सांसद गोविन्दबहादुर नेपालीले पेश गर्नु भएको थियोभने सांसद सुशीला सिम्खडाले समर्थन गर्नुभएको थियो ।
थापाको पक्षमा एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र स्वतन्त्र सांसद १ गरि ३२ जना सांसदले मतदान गरे
गण्डकी प्रदेश सभाको उपसभामुखको लागि कांग्रेस सांसद पार्वती तामाङले पनि उम्मेदवारी दिनुभएको थियो ।