
पोखरा / नेकपा एमालेले गण्डकी प्रदेश सभाको उपसभामुखमा सांसद बिना कुमारी थापालाई बनाउने निर्णय गरेको छ । एमाले गण्डकी प्रदेश सभा संसदीय दलको सोमवार विहान बसेको वैठकले थापालाई उपासभामुख बनाउने निर्णय गरेको एमाले सांसद कृष्ण पाठकले वताए ।
थापा प्रदेश सभामा बागलुङबाट समानुपातिकमा निर्वाचित भएकी हुन् । गण्डकी प्रदेश सभामा आजै उपसभामुखको निर्वाचन गर्ने कार्यतालिका छ । प्रदेश सभासद थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्ने छिन् ।