
पोखरा
गण्डकी प्रदेशको सभामुखमा नेकपा(माओवादी केन्द्र)का कृष्ण प्रसाद धिताल निर्वाचित हुनुभएको छ । गोरखा क्षेत्र नं १(१) बाटप्रदेशसभामा प्रत्यक्ष निर्वाचित धिताल
गण्डकी प्रदेशको सभामुखमा शनिवार निर्वाचित हुनुभएको हो ।
धिताललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान हुँदा पक्षमा ३२ र विपक्षमा २६ मत परेको छ । आजको मतदानप्रक्रियामा ५८ सदस्यको सहभागीता रहेको थियो ।
सभामुख चयनका लागि शनिवार बसेको प्रदेश सभाको बैठकले धिताललाई सभामुखमा चयन गरेको जेष्ठ सदस्य मित्रलाल बस्याललेजानकारी गराउनुभयो। सभामुख पदका लागि नेपाली कांग्रेसकी सरस्वती अर्यालले पनि उम्मेदवारी दिनुभएको थियो ।
सत्ता गठबन्धनमा गण्डकी प्रदेशको मुख्यमन्त्री
नेकपा(एमाले) र सभामुख माओवादी केन्द्रले पाउने सहमति भएको थियो ।सोही अनुसार नेकपा(एमाले)का संसदीय दलका नेताखगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसक्नुभएको छ ।