
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.१६ अंकले बढेर एक हजार ९६३.२२ अंकमा पुगेको छ। आइतबार २४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर एक अर्ब ५६ करोड १७ लाख दुई हजार ९९२ रुपैयाँबराबरमा कारोबार भएको छ।
यस दिनको कारोबारमा बैंकिङ, विकास बैंक, वित्त र उत्पादन समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। आज बैंकिङ समूह ९.४१, विकास बैंक समूह १.६१, वित्त समूह ९.९४ र उत्पादन समूह १३.४० अंकले घटेको छ।
वृद्धि देखिएका उपसूचकमा सबैभन्दा बढी जीवन बिमा समूहको उपसूचक १८३.३६ र निर्जीवन बिमा समूहको उपसूचक ५७.६९ अंकले बढेको छ। त्यस्तै, होटेल तथा पर्यटन समूहको उपसूचक ४४.५३, लघुवित्त समूहको उपसूचक १६.३५, व्यापार समूहको उपसूचक १५.४४ र अन्य समूहको उपसूचक १०.८५ अंकले बढेको छ। जलविद्युत् समूहको उपसूचक ३.९८ अंक, लगानी समूहको उपसूचक ०.४४ अंकले र म्युचुअल फन्डको उपसूचक ०.०८ अंकले बढेको छ।
आजको कारोबारपछि सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.११ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको रु. १९ करोड ८० लाख ६७ हजार चार सय ९३ बराबरको कारोबार भएको भने सेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको दुई लाख ४८ हजार ७७ कित्ता सेयर कारोबार भएको छ। रासस