नयाँ सांसद आउदै गर्दा गण्डकी प्रदेश सभा भवन सजावट गरिदै

नयाँ सांसद आउदै गर्दा गण्डकी प्रदेश सभा भवन सजावट गरिदै

  • Kanchan News

  • मङ्लबार, मंसिर १३, २०७९

  • 81
    SHARES
नयाँ सांसद आउदै गर्दा गण्डकी प्रदेश सभा भवन सजावट गरिदै

पोखरा
गण्डकी प्रदेश सभा भवनलाई सजावट गर्न थालिएको छ । नयाँ सांसद आउनुपूर्व रंगरोगनसहित गण्डकी प्रदेश सभा भवनलाई सजावट गर्न थालिएको हो । संसद् भवन मर्मत गरी रंगरोगन गर्नुका साथै सौन्दर्यीकरण गर्न थालिएको प्रदेश सभा सचिवालयले जनाएको छ । गण्डकी प्रदेश सभाको बाहिरी क्षेत्र समेत सरसफाइ गरी चिटिक्क पार्न थालिएको छ ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष तर्फ निर्वाचनको मतपरिणाम गण्डकी प्रदेशको स्याङजा जिल्लाको क्षेत्र नं. २ को क र ख बाहेक सबै आईसकेको छ । स्याङ्जा क्षेत्र नं. २ मा बुथ कब्जा भएको भन्दै बिरोध भएपछि मतगणना कार्य अझै सुचारु भएको छैन । यस क्षेत्रमा पुनः मतदान गर्ने कि गणना गर्ने भन्ने बारे आयोगले कुनै निर्णय लिन सकिरहेको छैन ।
१८ संघिय निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा ३६ ओटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन् । ३६ निर्वाचन क्षेत्रमध्ये ३४ वटाको चुनावी परिणाम आईसकेको गण्डकी प्रदेशमा स्याङ्जाका २ क्षेत्रको गणना गरी सके पछि ‘प्रदेशमा प्रत्यक्ष तर्फको सबै नतिजा आउनेछ । समानिपातिक तर्फको पनि गणना चलिरहेको छ । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १६ सिट जित्दा नेकपा एमालेले १२, माओवादी केन्द्रले ५ र १ सिट स्वतन्त्र सांसद दीपक मनाङेले जितेका छन् । २४ सिट समानुपातिक निर्वाचन प्रणालीबाट आउने छ । ३६ ओटा निर्वाचन क्षेत्र बाट आएका र समानुपातिक प्रणाली बाट आएका सांसदहरुलाई प्रदेश सभा भवनमा शपथ ग्रहण गराईने छ । सबै सांसदको सपथ ग्रहण पछि नयाँ सरकार गठनको प्रक्रिया अगाडी बढ्ने छ ।
समानुपातिक मतपरिणाम आईसकेपछि मात्र गण्डकी प्रदेश सभामा कति दलको सहभागिता रहन्छ भन्ने यकिन हुनेछ  । अहिँले संसद सचिवालयले संसदीय समिति र संसदीय दलका कार्यालय व्यवस्थापन गर्ने लगाएतका कामहरु गरिरहेको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News