सेयर बजार ३२ अंकले बढ्यो

सेयर बजार ३२ अंकले बढ्यो

  • Kanchan News

  • आइतवार, मंसिर ११, २०७९

  • 138
    SHARES
सेयर बजार ३२ अंकले बढ्यो

सेयर कारोबारको पहिलो दिन आइतबार सेयर बजार ३२ अंकले उकालो लागेको छ। नेप्से ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ५.३४ अंकले बढेर ३८६.२६ विन्दुमा पुगेको छ।

यसदिन २२३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर  २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रुपैयाँमा कारोबार भयो। ३१ हजार ९३ पटक सेयर कारोबार भयो।

आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट  लागेन।

डिप्रोक्स लघुवित्तीय वित्त संस्थाको ८.२१ प्रतिशत र जीवन विकास लघुवित्त वित्तीयको ७.४३ प्रतिशतले सेयर मूल्य बढ्यो।

यस्तै, कुमारी बैंक,ग्रिनलाइफ हाइड्रोपावर र नेस्डो समृद्धि लघुवित्त ,सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र धवलागिरि लघुवित्त वित्तीयको
सेयर मूल्य ६ प्रतिशत बढिले बढ्यो।

कारोबारमा आएका १३ समूहमध्ये  १२ को सूचक बढ्यो भने १ को घट्यो माइक्रो फाइनान्स समूहको सेयर मूल्य सर्वाधिक ३.०७ प्रतिशतले बढ्यो।

मनुफ्याक्चरिङ एन्ड प्रोसेसिङ र फाइनान्स समूहको सूचक २ प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्स, इन्भेस्टमेन्ट, हाइड्रोपावर, होटल्स एन्ड टुरिजम र डेभलपमेन्ट बैंक र बैंकिङ समूहको १ प्रतिशत बढिले बढ्यो।

१२ समूहको सूचक उकालो लाग्दा म्युचुअल फन्डको सूचक ०.९८ प्रतिशतले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा  यसदिन हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४५ करोड ४ लाख ७ हजार ११९ रुपैयाँको सेयर कारोबार भयो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News