
पोखरा
यतिबेला प्रदेश र संघको चुनावी सरगर्मी निकै बढेको छ । उम्मेदवारहरु जनताको घरदैलोमा आफ्ना ऐजेण्डा लिएर पुगेका छन् । कास्कीमा विभिन्न राजनीतिक दलबाट चुनाव लडेका उम्मेदवार हुन् वा स्वतन्त्र सबैका चुनावी एजेण्डा उस्तै उस्तै भइरहदा गण्डकी प्रदेश बाट प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनाव लड्दै गरेका महिलाहरुका भने ऐजेण्डा पृथक छन् ।
सबै उम्मेदवारले विकास, समृद्धि र सुशासनलाई पहिलो प्राथमिकतामा राख्दा महिला उम्मेदवारहरुले भने महिला सशक्तीकरणका साथै गरिब निमुखा वर्गको हकहितलाई पहिलो एजेण्डा बनाएका छन् । प्रतिनिधि सभाका लागि कास्की क्षेत्र न २ का उम्मेदवार विद्या भट्टराईले सरकारमा महिलाको सहभागितालाई थप मनबुत बनाउदै महिला हिसांका अन्त्य तथा महिला शसक्तिकरणका कार्यक्रमहरु ल्याउने एजेण्डा लिनुभएको छ । उहाँले हिसां, आत्महत्या लाई रोक्ने देखि महिला,गरिब निमुखा वर्गलाई उत्पादन र उद्यमशिलतामा जोड्दै रोजगारी प्रदान गर्ने ऐजेण्डा लिनुभएको छ । महिलाको मुद्धा आम समुदायको मुद्धा भएको हुदाँ यस्लाई व्यवस्थित गर्न कानुन संसोधन तथा नयाँ निति ल्याउने ऐजेण्डा भट्टराईको छ ।
उसो त प्रमुख राजनितिक दलहरुलहरुले महिलाहरुलाई उम्मेदवार कमै बनाएका छन् । संघ र प्रदेशको निर्वाचनमा राजनितिक दलबाट उम्मेदवारी दर्ता गराएका महिला उम्मेदवारहरुले महिला पछि पर्नुमा व्यवहारगत, राजनीतिक र आर्थिक पक्ष कारक बनेको भन्दै आफ्ना लोकप्रिय ऐजण्डा ल्याएका छन् । स्याङजा बाट गण्डकी प्रदेश सभा सदस्यका लागि निर्वाचन लड्दै गर्नुभएका उम्मेदवार सिता सुन्दासले आफु सधैँ दलित तथा निमुखा वर्गका समुदायको उत्थानको लागि लडिरहेको बताउदै महिला तथा दलितको हक अधिकारको एजेण्डेला लिएको बताउनुभयो । समानताको ग्यारेण्टीलाई सुनिश्चित गर्दै संविधानमा लिपिबद्ध बिषयलाई संस्थागत तथा व्यवहारमा उतार्ने उहाँले बताउनुभयो । उहाँले महिलाले अंशबण्ड पाउनुपर्ने ऐजेण्डालाई जोड सँग उठाउनुभएको छ ।
महिलालाई संविधानतः ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएपनि व्यवहारमा भने त्यस्तो नभएको र यसका लागि पहिला महिलाहरुलाई नै सशक्त बनाउनुर्नेमा उनीहरुले जोड दिएका छन् । अवसर दिए महिलाहरु इमानका साथ काम गर्न तत्पर र जुझारु छन् अनि उनीहरुले नमुना अनुकरणीय काम गरेका छन् भन्ने उदाहरण पेश गर्ने गरी महिला उम्मेदवार चुनावमा कस्सिएका छन् ।
गण्डकी प्रदेशमा प्रतिनिधिसभा निर्वाचनमा ३ र प्रदेशसभा निर्वाचनका लागि ५ जना महिलाले उम्मेदवारी दर्ता गराएका हुन् । ८ मध्ये नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ३÷३ उम्मेदवार उठाएको छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १÷१ उम्मेदवार उठाएका छन् । नेपाली कांग्रेसले एकजना पनि महिलालाई प्रत्यक्षको टिकट दिएको छैन ।
विशेष गरी उम्मेदवारका एजेण्डा कृषि, रोजगार, प्राविधिक शिक्षा विकास, समृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारीनै छन् । चुनाव जित्न जनतामाझ जाँदा लोकप्रिय एजेण्डा बनाउने उम्मेदवार निर्वाचित भएपछि कति कार्यान्वयन गर्छन् वा गर्दैनन् त्यो भने हेर्न बाकीँ छ ।