यी हुन् कास्कीमा गठबन्धन र एमालेका तर्फबाट तीनै क्षेत्रमा चुनाव लड्दै गरेका उम्मेदवार

यी हुन् कास्कीमा गठबन्धन र एमालेका तर्फबाट तीनै क्षेत्रमा चुनाव लड्दै गरेका उम्मेदवार

  • Kanchan News

  • आइतवार, अशोज २३, २०७९

  • 85
    SHARES
यी हुन् कास्कीमा गठबन्धन र एमालेका तर्फबाट तीनै क्षेत्रमा चुनाव लड्दै गरेका उम्मेदवार

प्रतिनिधि सभाको निर्वाचन क्षेत्र तिन ओटा र प्रदेशका ६ ओटा निर्वाचन क्षेत्र रहेको कास्कीमा उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ । कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका तर्फ बाट गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल र नेकपा एमाले बाट दामोदर बैरागीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस क्षेत्रमा एमालेका तर्फ बाट प्रदेश क्षेत्र नं क मा गणेशमान गुरुङ र क्षेत्र नं ख मा राजीव पहारीको उम्मेदवारी परेको छ भने गठबन्धनबाट प्रदेश क मा माओवादी केन्द्रका दुर्गादत्त भण्डारी र ं ख मा नेपाली काँग्रेसका प्रकाश बरालले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
कास्कीको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि गठबन्धनबाट नेपाली काँग्रेसका किशोरदत्त बरालले उम्मेदवारी दर्ता गराउनुभएको छ भने एमालेका तर्फबाट मनबहादुर गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । सो क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र नं क मा गठबन्धनबाट माओवादी केन्द्रका दीपक कोइराला र क्षेत्र नं ख मा काँग्रेसका दीपक गुरुङ (माईला)ले उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यस्तै नेकपा एमाले बाट प्रदेशसभातर्फ क्षेत्र नं क मा पूर्वमन्त्री खगराज अधिकारी र क्षेत्र नं ख मा बेदबहादुर गुरुङको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी क्षेत्र नं २ मा प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का श्रीनाथ बराल र एमालेका विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभातर्फ गठबन्धनबाट क्षेत्र नं क मा विश्वप्रकास लामिछाने र क्षेत्र नं ख मा विन्दुकुमार थापा तथा एमालेका तर्फबाट प्रदेश क्षेत्र नं क मा भीम कार्की र क्षेत्र नं ख मा मीना गुरुङले उम्मेदवारको मनोनयन दर्ता गर्नुभएको छ ।
यसैगरी कास्कीका अन्य क्षेत्रहरुमा पनि सत्ता गठबन्धन र नेकपा(एमाले), साना राजनीतिक दल, स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News