पर्वतको मोदी गाउँपालिका ५ स्थित अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध बनेको छ ।
तीन दिन देखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिरोले बिहान देखि लोकमार्ग पूर्णरुपमै बन्द भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
वर्षा नरोकीएको र माथिबाट ढुंगाहरु झरेको हुँदा सडक सुचारु गर्न मुस्किल भएको प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिनुभएको छ ।
आफुहरु पहिरो पन्छाउन तयारीका साथ डोजर, स्काभेटर लिएर बसिरहेको हुँदा पानी बिदो हुने बित्तिकै सडक सुचारु गर्न लागि पर्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार आजको पहिरो पनि अस्ती मंगलबार बेलुकी पहिरो खसेको ठाउँमै गएको छ ।
पहिरोका कारण गन्तब्यतर्फ हिँडेका यात्रुहरु अलपत्र परेका छन् । केही यात्रु भने हिँडेर बैकल्पिक बाटो मार्फत गन्तब्य छिचोल्दै छन् ।