हुलाक कार्यालयद्वारा झण्डै साँढे २१ लाख राजस्व सङ्कलन

हुलाक कार्यालयद्वारा झण्डै साँढे २१ लाख राजस्व सङ्कलन

  • Kanchan News

  • सोमवार, साउन ३०, २०७९

  • 40
    SHARES
हुलाक कार्यालयद्वारा झण्डै साँढे २१ लाख राजस्व सङ्कलन

जिल्ला हुलाक कार्यालय स्याङ्जाले गत आर्थिक वर्षमा २१ लाख २३ हजार २४७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ मा हुलाक कार्यालयले उक्त राजस्व सङ्कलन भएको हो ।

कार्यालयका प्रमुख कृष्णप्रसाद तिमिल्सिनाका अनुसार हुलाक सेवा शुल्कमा १४ लाख २३ हजार १२७, अन्य प्रशासनिक सेवा शुल्क १९ हजार ६४०, एफएम रेडियो सञ्चालन दस्तुर १ लाख ८४ हजार २५१, प्रशासनिक दण्ड जरिवाना जफत २४ हजार ३०६, अन्य बाँडफाँड अन्तर्गत केशल टिभीको रोयल्टी तथा नवीकरण ४ लाख ५७ हजार ४१२, बेरुजु फर्स्यौट १२ हजार ५ सय ९०, अन्य क्षेत्र शीर्षकमा १७ सय २० गरी २१ लाख २३ हजार २४७ रुपैयाँ राजस्व सङ्कलन गरिएको हो ।

जिल्लामा सञ्चालित एफएम रेडियो तथा केबल टिभिहरुले हरेक वर्षको पुस महिनामा रोयल्टी र असारमा नवीकरण गर्नुपर्ने हुन्छ ।

हुलाक शुल्क अन्तर्गत पार्सल आए बापतको ३२ हजार ४७२ र हुलाक सेवा शुल्क अन्तर्गत टिकट बिक्रीबाट गत वर्षको साउनमा  १ लाख १२ हजार ३३३, भदौमा १ लाख ११ हजार २२३, असोजमा १ लाख ७ हजार ७५०, कार्तिकमा १ लाख १५ हजार ६४४, मङ्सिरमा १ लाख ७ हजार ६१, पुसमा १ लाख ४० हजार ७००, माघमा १ लाख २० हजार ३८५, फाल्गुनमा १ लाख ३१ हजार ५, चैत्रमा १ लाख २६ हजार ७६०, वैशाखमा ८१ हजार ४९०, ज्येष्ठमा १ लाख १८ हजार ६७० र असारमा १ लाख २९ हजार ६६५ रुपैयाँको टिकट बिक्री भएको कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News