सोमबारे व्रत समाप्त

सोमबारे व्रत समाप्त

  • Kanchan News

  • सोमवार, साउन ३०, २०७९

  • 54
    SHARES
सोमबारे व्रत समाप्त

आज यस वर्षको साउन महिनाको अन्तिम सोमबार । सोमबारको व्रत समाप्त गर्नेहरुको पशुपतिनाथ मन्दिर परिसरमा चहल पहल छ ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबारलाई भगवान शिवको पि्रय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

बोलबम तीर्थालुहरुको पनि पशुपतिलगायत देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको पशुपतिसहित भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुइँचो लागेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News