प्रदेश सरकारले प्रतिबद्धता जनाएपछि यातायात व्यवसायीको आन्दोलन फिर्ता, चले सवारी

प्रदेश सरकारले प्रतिबद्धता जनाएपछि यातायात व्यवसायीको आन्दोलन फिर्ता, चले सवारी

  • Kanchan News

  • आइतवार, साउन २२, २०७९

  • 79
    SHARES
प्रदेश सरकारले प्रतिबद्धता जनाएपछि यातायात व्यवसायीको आन्दोलन फिर्ता, चले सवारी

सार्वजनीक, निजी तथा पर्यटक सवारी बन्द गर्ने व्यसायीको आन्दोलन फिर्ता भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले साउन २२ गते यातायात सेवा बन्द गर्ने घोषणा गरेको थियो । धौलागिरी कालिका यातायात प्रा.लिका अध्यक्ष बिष्णु अधिकारीका अनुसार गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता भएको हो । शनिबार राती सहमति भएको भन्दै व्यवसायीले आईतबार बिहानै देखि सवारी सञ्चालनमा ल्याएका छन् ।

यथाशिघ्र यातायात व्यवसायीको माग सम्बोधन गर्ने सहमति भएपछि घोषित आन्दोलन फिर्ता गरेको अधिकारीले बताए । गत १८ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै आइतबारदेखि गण्डकी प्रदेशभर चल्ने करिब २० हजार बढी मालबहाक तथा यात्रुबहाक सवारी साधन घर तथा ग्यारेजमा राखेर गण्डकी प्रदेश सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News