कास्कीमा पहिरोमा परी १ जनाको मृत्यु, १०० भन्दा बढी घर डुबानमा, एक दिनमै ३२२.८ मिलिमिटर वर्षा

कास्कीमा पहिरोमा परी १ जनाको मृत्यु, १०० भन्दा बढी घर डुबानमा, एक दिनमै ३२२.८ मिलिमिटर वर्षा

  • Kanchan News

  • सोमवार, साउन १६, २०७९

  • 78
    SHARES
कास्कीमा पहिरोमा परी १ जनाको मृत्यु, १०० भन्दा बढी घर डुबानमा, एक दिनमै ३२२.८ मिलिमिटर वर्षा

कास्कीमा अध्याधिक बर्षा मापन गरिएको छ । कास्कीमा खतराको तहभन्दा धेरै पानी परेको छ । पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा धेरै ३२२.८ मिलिमिटर वर्षा मापन भएको छ । यहाँ १२ घण्टामै ३१३ मिलिमिटर पानी परेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जबकि २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ । विभागको मापन अनुसार कास्की, सुनसरी, चितवन र झापामा भारी वर्षा भएको छ । कास्कीका साथै चितवनको शक्तिखोरमा २४ घण्टामा १९५.६ र १२ घण्टामा १८२.६ मिलिमिटर, इटहरीको तरहरामा २४ घण्टामा १७२ मिलिमिटर र झापाको दमकमा १२ घण्टामा १२०.४ मिलिमिटर वर्षा मापन भएको छ । आज दिउँसो पनि देशभर मौसम बदली भई वर्षा जारी रहने छ भने केही ठाउँमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

पोखरामा १०० भन्दा बढी घर डुबानमा

आइतबार साँझदेखि निरन्तरको भारी वर्षाका कारण पोखरा महानगर वडानम्बर १३ को कमलपोखरीका १०० भन्दा बढी घर डुबानमा परेका छन् । मानवीय क्षति नभए पनि १०० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो ।
कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले डोजर लगाएर थुनिएका विभिन्न ठाउँमा पानी तार्काउने काम भईरहेको छ । पानी तर्काउने काम भइरहे पनि निन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको छ । पोखरा–१३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो ।

पहिरोमा परी १ जनाको मृत्यु, २ जना घाइते

निरन्तरको बर्षा पछि आएको पहिरोले घर पुरिंदा पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा एक जनाको मृत्यु भएको छ । पहिरोमा परि दुई जना घाइते भएका छन् । गएराति करिब १ बजे पहिरोमा परेर लक्ष्मी खड्का क्षेत्रीको घरमा डेरा गरी बस्ने कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं.१ भुर्जुङखोला तातोपानीका २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो ।
पहिरोमा परेर सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार र उनकी १० वर्षीया छोरी सिम्रन सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News