पोखराको ६३ रोपनी जग्गा भाडामा लगाउने सम्झौता खारेज

पोखराको ६३ रोपनी जग्गा भाडामा लगाउने सम्झौता खारेज

  • Kanchan News

  • शुक्रबार, असार ३१, २०७९

  • 89
    SHARES
पोखराको ६३ रोपनी जग्गा भाडामा लगाउने सम्झौता खारेज

पोखरा उपत्यका नगर विकास समितिले करिब ६३ रोपनी जग्गा भाडामा लगाउने सम्झौता खारेज गर्ने निर्णय गरेको छ ।

तत्कालीन मेयर मानबहादुर जिसीले कार्यकाल सकिनु २ दिनअघि आफ्नो नातेदारलाई जग्गा ठेक्कामा दिने सम्झौता गरेका थिए । जग्गा भाडा प्रकरणबारे छानविन गर्न गठित समितिले निवर्तमान मेयर र कर्मचारीको मिलेमतोमा गैरकानुनी रुपमा सम्झौता भएको प्रतिवेदन बुझाएको छ ।

नगर विकास समितिको शुक्रबार बसेको बैठकले समितिको प्रतिवेदनका आधारमा भाडा सम्झौता खारेज गर्ने निर्णय गरेको समितिका अध्यक्ष एवं मेयर धनराज आचार्यले जानकारी दिए । ‘छानविन प्रतिवेदनमा पेश भएका रायसुझाव अनुसार बोलपत्र लगायतका सम्पूर्ण प्रक्रिया त्रुटिपूर्ण रहेकाले रद्द गर्ने र सम्झौता गरिएको पक्षहरु नाम, ठेगानामा सम्पर्क गर्न नसकेको हुँदा राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशित गरी सार्वजनिक गर्ने निर्णय गरियो,’ मेयर आचार्यले भने ।

बाँकी कानुनी प्रक्रियाका लागि अख्तियार दुरुपयोग आयोग र नेपाल प्रहरीलाई लेखेर पठाउने निर्णय भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News