रोकिएन सेयर घट्नेक्रम

रोकिएन सेयर घट्नेक्रम

  • Kanchan News

  • मङ्लबार, असार १४, २०७९

  • 88
    SHARES
रोकिएन सेयर घट्नेक्रम

साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ को बिन्दुमा झरेको छ । सोमबार परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा झरेको थियो ।

कुल २३० कम्पनीको २३ हजार १३३ कारोबार मार्फत ३० लाख ३७ हजार ६८० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार बैंकिङ र जीवन बीमा समूह मात्रै हरियो रहे भने अन्य सबै समूह राताम्ये भए ।

मंगलबार सीवाईसी नेपाल लघुवित्त, उन्नत सहकार्य लघुवित्त, एग्रिकल्चर डेभलप्मेन्ट बैंक लिमिटेड, सनराइज फर्स्ट म्युचअल फन्ड धेरै कमाउनेमा दरिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News