मोदी गाउँपालिकाले २० युनिटसम्मको विद्युत खपत निःशुल्क उपलब्ध गराउने

मोदी गाउँपालिकाले २० युनिटसम्मको विद्युत खपत निःशुल्क उपलब्ध गराउने

  • Kanchan News

  • मङ्लबार, असार १४, २०७९

  • 80
    SHARES
मोदी गाउँपालिकाले २० युनिटसम्मको विद्युत खपत निःशुल्क उपलब्ध गराउने

 मोदी गाउँपालिकाले पालिका भित्रका नागरिकका लागि २० युनिटसम्मको विद्युत खपत निःशुल्क उपलब्ध गराउने भएको छ।

गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेका अनुसार असार १० गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७९/०८० मा अनुमानित आयव्यय सार्वजनिक गर्दा ‘हाम्रो रहर, उज्यालो गाउँ सहर’ भन्ने मूल नाराकासाथ विद्युत् सेवा सम्बन्धी व्यवस्थाहरु गरिएको बताए।

मोदी गाउँपालिकामा विद्युत गृहहरू रहेको तथा त्यहाँका खोलाहरूबाट निरन्तर विद्युत् उत्पादन भइरहँदा गाउँपालिकालाई आन्तरिक स्रोतको रूपमा रोयल्टी आउने र सोही रोयल्टीबाट २० युनिटसम्मको विद्युत उपभोगमा अनुदान दिइने उनको भनाई छ।

‘यहाँका खोलानालाहरूबाट उत्पादित विद्युतको आन्तरिक स्रोतका रूपमा विद्युत् रोयल्टी प्राप्त हुने हुँदा सम्पूर्ण मोदीवासी यसको प्रभावित क्षेत्रमा पर्ने भएका कारण गाउँपालिकाले गाउँवासीका हरेक मिटरको मासिक २० युनिटसम्म अनुदान दिने छौँ,’ उनले भने, ‘न्यूनतम शुल्क गाउँपालिकाले सहुलियत अनुदानको लागि दिनेगरी आगामी आर्थिक वर्षको लागि १८ लाख रुपैयाँ विनियोजन गरिएको छ।’

नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा विभिन्न क्षेत्रमा सडक बत्तीको व्यवस्था गरी उज्यालो गाउँ सहर निर्माणका लागि पनि आवश्यक बजेट विनियोजन गरेको उपाध्यक्ष लामिछानेको भनाई छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News