पर्वत-रुपन्देही विधार्थी सम्पर्क समाजकाे अध्यक्षमा भुसाल र सचिवमा भुर्तेल

पर्वत-रुपन्देही विधार्थी सम्पर्क समाजकाे अध्यक्षमा भुसाल र सचिवमा भुर्तेल

  • Kanchan News

  • शनिबार, असार ११, २०७९

  • 163
    SHARES
पर्वत-रुपन्देही विधार्थी सम्पर्क समाजकाे अध्यक्षमा भुसाल र सचिवमा भुर्तेल

बुटवल

पर्बत जिल्ला देखि अध्यानको शिलशिलामा रुपन्देहीमा स्थाई एवं अस्थाई रुपमा बसोबास गर्दै आएका बिधार्थीहरुकाे संगठन पर्बत-रुपन्देही विधार्थी सम्पर्क समाजको दोस्रो अधिवेसनले नयाँ नेतृत्व चयन गरेको छ । रुपन्देही को बुटवल उपमहानगरपालिका मिलनचोक स्थित रोयल एकेडमीमा सम्पन्न भएको दोस्रो अधिवेसनले मिलन भुसालकाे अध्यक्ष्यतामा २१ सदस्य समिति चयन गरेको हाे । जसको उपाध्यक्षमा हिमलाल गिरी (पारस ) र श्याम बस्याल रहनुभएकाे छ । त्यस्तै सचिवमा प्रकास भुर्तेल ,सहसचिवमा भुवन सुवेदी ,बिनिता पराजुली र कोषाध्यक्ष मा तिर्सना पराजुली रहनुभएकाे छ ।
समितीकाे सदस्यहरुमा गणेश भुसाल ,आकृती सर्मा ,सुशील सुवेदी लगाएत रहनुभएकाे छ ।
सल्लाहकार समितीमा निवर्तमान अध्यक्ष सुमन अधिकारी ,मिलन शर्मा बस्याल प्रकास न्यौपाने ,प्रेम बस्याल ,प्रदिप भुसाल रहनु भएको छ ।

पर्वत – रुपन्देही विधार्थी सम्पर्क समाजले उक्त कार्यक्रममा समग्र शैक्षिक वितिविधि को पनि विस्लेषण गरेको थियो । अधिवेशनलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बौद्धिक ब्यक्तित्त्व प्रेम बस्यालले अध्ययनकाे शिलशिलामा पर्वत बाट रुपन्देही आएका बिद्यार्थीहरु समितिमा आबद्ध भई एकीकृत भएकोमा खुसी प्रकट गर्दै बिद्यार्थीहरुको उक्त समितिले सिर्जनात्मक र रचनात्मक काम गर्नुपर्नेमा जाेड दिनुभयो । उहाँले समग्र शैक्षिक अवस्थालाई सुधार गर्न र बिद्यार्थीको हक हितको लागि काम गर्न आफू सधैं कटिबद्ध रहेको बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News