पोखरा ,असार ११
लिलावती स्मृति साहित्य प्रतिस्ठान तदर्थ
समिति पोखरा २२ द्वारा रयाप गायक जेनिस क्षेत्रीलाई आज एक समारोह बीच स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा महानगर वडा न २२ मा एक विशेष समारोहको आयोजना गरि क्षेत्रीलाइ जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलको प्रमुख आतिथ्यतामा प्रतिष्ठान ले सम्मान गरेको हो ।
रयाप गायक क्षेत्री NEPHOP को गायन प्रतियोगिता श्रीपेच को ग्रान्ड फाइनल प्रतियोगितामा पुग्न सफल भएका हुन।
पोखरा २२ ठुली बिडि सिम्ले पाखा स्थायी घर भै हाल अध्ययन सिलसिलामा पोखरा १३ मा बस्दै आएका जेनिश लाई भोटिङ्ग गरि बिजयी गराउन प्रतिष्ठानले आग्रह समेत गरेको छ। मोबाइलको प्ले स्टोरमा osrconnect एप्स डाउनलोड गरि उनको फोटोमा क्लिक गरि भोटिङ्ग गर्न सकिने बटाइएको छ ।
उनको भोटिङ्ग सहयोगार्थ समितिले नगद रु दुइ हजार सहयोग समेत गरेको तदर्थ समितिका सदस्य नबराज बरालले बताए।
पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल लगाएतले उनलाइ बिजयको शुभकामना ब्यक्त गरेका थिए।